Online Bible

- Reklamy -

योएलको पुस्तक 3 - पवित्र बाइबल


यहूदाको शत्रुहरूलाई सजाय दिईनेछ

1 “हो, ती दिनहरूमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरूलाई फर्काएर ल्याउनेछु।

2 म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरूलाई न्याय गर्नेछु। तिनहरूलेनै मेरो मानिसहरूलाई तितर-बितर परेका थिए। अन्य जातिहरूको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।

3 तिनीहरूले मेरो मानिसहरूको निम्ति चिट्ठा हाले। तिनीहरूले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।

4 “हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरू को वास्ता छैन? के तिमीहरू मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरूले यो सोचिरहेका होलाऊ कि तिमीहरूले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरूलाई दण्ड दिनेछु।

5 तिमीहरूले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरू चोरेर तिमीहरूले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।

6 “तिमीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई यूनानीहरूको हातमा बेचिदियौ। ता कि तिनीहरू आफ्नो भूमिबाट टाढा लगिनेछन्।

7 तिमीहरूले मेरा मानिसहरूलाई तिनीहरूका देशबाट टाढा पठायौ। तर म तिनीहरूलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरूले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।

8 म तिमीहरूका छोरा-छोरीहरूलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरूले फेरि तिनीहरूलाई एउटा टाढा देशमा बस्ने शबाहरूको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।


युद्धको निम्ति तयार होऊ

9 जाति-जातिहरूलाई यो बताई देऊ, युद्धकोलागि तयारिबस! सुरबिरहरूलाई बोलाऊ, सम्पूर्ण योद्धाहरूलाई भेलागर। उनीहरूलाई जगाऊ!

10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ। हँसियाहरूबाट तिमीहरूका भाला बनाऊ। अनि कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!”

11 हे सबै देशका जातिहरू! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरू लिएर आउनु होस्।

12 हे देशबासीहरू, उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरूको न्याय गर्नेछु।

13 तिमी हँसिया लिएर आऊ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरू कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्।

14 निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ, किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।

15 सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरू चम्कने छैनन्।

16 परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरूका निम्ति शरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।

17 “त्यस समय तिमीहरूले जान्नेछौ की, म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरू कहिल्यै जानेछैनन्।”


यहूदालाई जीवनका निम्ति नयाँ प्रतिज्ञा

18 “त्यसदिन मिठो दाखरस पहाडहरूमा चुहिनेछ। डाँडाहरूबाट दुधको नदी बग्नेछ। यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।

19 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरू यहूदाका मनिसहरू प्रति निष्ठुर थिए। तिनीहरूले तिनीहरूकै देशको निर्दोष मानिसको हत्या गरेका छन्।

20 यहूदाका मानिसहरू सदा-सर्वदा रहनेछन्, अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।

21 तिनीहरूले मेरो मानिसहरूको हत्या गरे। यसकारण म उनीहरूलाई सजाय दिनेछु।” किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy