Online Bible

- Reklamy -

यर्मिया 47 - पवित्र बाइबल


पलिश्ती मानिसहरूका बारेमा सन्देश

1 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।

2 परमप्रभु भन्नुहुन्छ: “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।

3 तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन्, तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन्, तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।

4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले नष्ट गर्नु हुनेछ।

5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?

6 “हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ।

7 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ। उहाँले अश्कलोन र समुद्री किनारमा भएका शहरहरूलाई आक्रमण गर्नु आज्ञा दिनु भएको छ।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy