Online Bible

- Reklamy -

यर्मिया 45 - पवित्र बाइबल


बारूकलाई एउटा सन्देश

1 यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो बर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो।

2 “परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छ, बारूक, तिमीले भनेका छौ, यो मेरो लागि अति नराम्रो हो।

3 ‘परमप्रभुले मेरो पीडा सहित मलाई दु:ख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिनँ।’

4 यर्मिया, बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’

5 परमप्रभुले भन्नुभयो, ‘बारूक तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक कष्ट ल्याउनेछु।’ परमप्रभुले यी कुराहरू भन्नुभयो। ‘तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिन्छु।’”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy