Online Bible

- Reklamy -


यशैयाको पुस्तक 52 - पवित्र बाइबल


इस्राएल सुरक्षित हुनेछ

1 जाग! जाग! हे सियोन! आफैं वस्त्र लगाऊ! आफ्नो शक्ति धारण गर र पवित्र यरूशेलेममा उभ! मानिसहरू जो परमेश्वरको बाटोमा हिँड्न तयार भएनन तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन्। ती मानिसहरू शुद्ध र सफा छैनन्।

2 धूलो टक्टकाऊ, आफ्ना आश्चर्य पोषाकहरू लगाऊ! यरूशलेम, सियोनको छोरी, तिमी कैदी थियौ, तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ, जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए।

3 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू पैसाकोलागि बेचिएनौ। यसकारण म तिमीहरूलाई मुक्त पार्न पैसाको प्रयोग गर्ने छैन्।”

4 परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बस्नलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अश्शूरले तिनीहरूलाई दास बनाए।

5 अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैँ नराम्रा कुराहरू गर्दछन्।”

6 परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”

7 एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं! तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”

8 शहरका पहरादारहरू चिच्याउन थाले। तिनीहरू सबै एकार्कामा आनन्दित छन्। किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन्।

9 यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।

10 परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले, कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।

11 तिमीहरू बन्दी मुक्त हुनुपर्छ। पूजाहरीहरू, त्यो ठाउँ छोड। तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै पनि अपबित्र चीजहरू नछोऊ।

12 तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँड्नेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका अघि-अघि जानुहुनेछ। अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ।


परमेश्वरको सेवक तड्पी रहेछ

13 “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।

14 तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।

15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy