Online Bible

- Reklamy -

हिब्रू 3 - पवित्र बाइबल


मोशाभन्दा येशू महान हुनुहुन्छ

1 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।

2 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।

3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।

4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।

5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।

6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।


हामीले परमेश्वरको अनुशरण गरिरहनु पर्छ

7 त्यसैकारण पवित्र-आत्मा भन्नहुन्छ, “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,

8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्यौ, त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।

9 चालिस वर्षसम्म मरूभूमिमा मैले के-के गरें, त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।

10 त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सधैँ गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’

11 त्यसैले म रिसाएँ र शपथ लिएँ की, ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन्, र मसित विश्रान्ति पाउने छैनन्।’”

12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।

14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।

15 धर्मशास्त्रले भनेको छ, “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”

16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।

17 अनि परमेश्वर तिनीहरूसँग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।

18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।

19 यसकारण हामी बुझ्छौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy