Online Bible

- Reklamy -

उत्पत्ति 36 - पवित्र बाइबल


एसावको परिवार

1 एसावको पारिवारिक इतिहास यही हो।

2 एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि

3 बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी।

4 एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्।

5 अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे।

6-8 याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिनीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)

9 एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,

10 एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।

11 एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।

12 एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।

13 रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए। यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।

14 एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए।

15 यी परिवार एसावबाट आएका हुन्। एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए – तेमान, गोमार, सपो, कनज,

16 कोरह, गाताम अनि अमालेक। ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।

17 एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा। ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।

18 एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्; यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।

19 यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।

20 एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए: लोतान, शोबाल, सिओन, अना,

21 दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए।

22 लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)

23 शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो।

24 सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)

25 दीशोन र ओहोलीबामाका बाबु अना थिए।

26 दीशोनका चार छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए।

27 एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए।

28 दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।

29 होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना,

30 दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए।

31 त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।

32 बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।

33 जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।

34 जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।

35 जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।

36 जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।

37 जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।

38 जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।

39 जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)

40-43 एसाव एदोमी परिवारहरूः तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो – बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy