Online Bible

- Reklamy -

२ इतिहास 12 - पवित्र बाइबल


मिश्रदेशका राजा शीशकले यरूशलेममाथि आक्रमण गर्छन्

1 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

2 रहबामको राज्यकालको पाँचौं बर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्।

3 शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए।

4 शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।

5 तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्यागेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिनानै तँलाई शीशकको सामना गर्न छोड्ने छु।’”

6 तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखीत भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो।

7 परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन।

8 तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”

9 शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए।

10 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।

11 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।

12 जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।

13 राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस बर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र बर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्।

14 रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।

15 रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकाल भरी युद्ध चलिरह्यो।

16 रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy