Online Bible

- Reklamy -

१ यूहन्‍ना 1 - पवित्र बाइबल

1 हामी अब तिमीहरूलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं। हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श गर्यौं। हामी तिमीहरूलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ।

2 त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरूलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरूलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।

3 अब हामी तिमीहरूलाई हामीले देखेका अनि सुनेको कुराहरू भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरूको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।

4 हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेकाछौं जसद्वारा तिमीहरू आनन्दले परिपूर्ण हुन सक्नेछौ।


परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ

5 हामीले परमेश्वरबाट साँच्चो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।

6 यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौं, हामी सत्यको अनुशरण गरिरहेका छैनौ।

7 परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।

8 यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।

9 तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।

10 यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौं। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँच्चो संन्देश राखेका छैनौं।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy