Online Bible

- Reklamy -

१ इतिहास 27 - पवित्र बाइबल


सैन्य समूहहरू

1 यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक बर्ष एक महीना काम गर्थे। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।

2 याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए।

3 याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।

4 दोदै दोस्रो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अगुवा थिए।

5 तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

6 यिनी उही बनायाह थिए, जो तीस योद्धाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अगुवाई गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए।

7 चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।

8 पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।

9 छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।

10 सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।

11 आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।

12 नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।

13 दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए।

14 एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

15 बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्नीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।


कुल समूहका प्रधानहरू

16 इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएः रूबेनकाः जिंक्रीका छोरा एलीएजर। शिमोयोनकाः शपत्याह माकाको छोरा।

17 लेवीकाः कमूएलका छोरा हशब्याह। हारूनकाः सादोक।

18 यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः मीकाएलका ओम्री छोरा।

19 जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह। नप्तालीकाः यरीमोत अज्रीएलका छोरा।

20 एप्रैइमकाः अज्जयाहका छोरा होशेया। पश्चिम मनश्शेकाः योएल पदायाहका छोरा।

21 पूर्व मनश्शेकाः जकर्याहका छोरा इद्दो। बिन्यामीनकाः यसीएल अबनेरका छोरा।

22 दानकाः यरोहामका छोरा अज्रेल। यी इस्राएली कुल समूहका मुखियाहरू थिए।


दाऊदले इस्राएलीहरूको गन्ती गर्छन्

23 दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस बर्ष अनि त्यस भन्दा माथिका थिए।

24 योआब, सरूयाहका छोराले मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन।


राजाका प्रशासकहरू

25 यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएः अज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा स-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।

26 एज्री कलूबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।

27 रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए। शेपेमका जब्दी दाखबारीहरूबाट आउने दाखरसको हेरचाह अनि भण्डारको जिम्मा मा थिए।

28 गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूका जिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।

29 शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मामा थिए। अदूलेका छोरा शापात बेंसीमा गाई वस्तुहरूका जिम्मामा थिए।

30 इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए। मेरोनोती येहदयाह गधाहरूका जिम्मामा थिए।

31 हगरीका याजीज भेंडा-बाख्राहरूका जिम्मामा थिए। यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।

32 जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे।

33 अहीतोपेल राजाका सल्लाहकार थिए। हूशै राजाका मित्र थिए। हूशै एरकी मानिसहरूबाट थिए।

34 यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy