Online Bible

- Reklamy -

१ इतिहास 14 - पवित्र बाइबल


दाऊदको राज्य बिस्तार हुन्छ

1 हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए।

2 तब दाऊदले देखे कि परमप्रभुले साँच्चै नै तिनलाई इस्राएलका राजा बनाउनु भयो। परमप्रभुले दाऊदको राज्यलाई खुबै विशाल अनि शक्तिशाली तुल्याइदिनु भयो। परमेश्वरले यसो गर्नुभयो किनभने उहाँले दाऊदलाई अनि इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो।

3 दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा-छोरीहरू भए।

4 यरूशलेममा जन्म भएका दाऊदका छोरा-छोरीहरूका नाँउ यी हुन्; शम्मूअ, शोबाब, नातान, सुलेमान,

5 यिभार, एलीशूअ, एल्पेलेत,

6 नोगह, नेपेग, यापी,

7 एलीशामा, बेलीयादा अनि एलीपेलेत।


दाऊदले पलिश्तीहरूलाई पराजित गर्छन्

8 पलिश्ती मानिसहरूले सुने कि दाऊद इस्राएलका राजा चुनिएकाछन्। यसर्थ सबै पलिश्ती मानिसहरू दाऊदको खोजिमा गए। दाऊदले यस विषयमा सुने। तब तिनी पलिश्ती मानिसहरूसित युद्ध गर्न निक्ले।

9 पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे।

10 दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गरौं? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?” परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरू माथि बिजय गराउनेछु।”

11 तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिश्ती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बाँधबाट पानी छुट्छ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्नु भयो। परमेश्वरले मेरो माध्यमबाट यसो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो।

12 पलिश्ती मानिसहरूले बाल पराजीममा आफ्ना मूर्तिहरू छाडेका थिए। दाऊदले आफ्ना मानिसहरू ती मूर्तिहरूलाई जलाउने आदेश दिए।


पलिश्ती मानिसहरू माथि अर्को विजय

13 पलिश्तीहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथी फेरि आक्रमण गरे।

14 दाऊदले फेरी परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिश्तीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चारै तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक।

15 अनि त्यस समयमा तिमीले किम्बूको टुप्पोहरूबाट हिडीरहेको आवाज सुन्ने छौ। तब तिमीले पलिश्तीहरू माथि आक्रमण गर्नु नै पर्छ। तिमीले यसो अवश्यै गर्नु पर्छ। परमेश्वर आफैं तिमीहरूका अघि-अघि पलिश्तीका सेनाहरूलाई प्रहार गर्न जानुहुनेछ।”

16 दाऊदले त्यसै गरे जो परमेश्वरले तिनलाई गर्नु भन्नुभएको थियो। यसरी दाऊद अनि तिनका मानिसहरूले पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनाहरूलाई मारे।

17 यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्याउनुँ भयो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy