१ इतिहास 1 - पवित्र बाइबलआदमदेखि नूहसम्मको वंशावली 1-3 आदम, सेत, एनोश, केनान, महललेल येरेद, हनोक, मतूशेलह, लेमेक, नूह। 4 नूहका छोराहरू: शेम, हाम अनि येपेत थिए। येपेतका सन्तानहरू 5 येपेतका छोराहरू: गोमेर, मागोग, मादै, यावान, तूबल, मेशेक अनि तीरास थिए। 6 गोमेरका छोराहरू: अश्कनज, दीपत अनि तोगर्मा थिए। 7 यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम अनि रोदानीम थिए। हामका सन्तानहरू 8 हामका छोराहरू: कूश, मिश्रेम, पूत र कनान थिए। 9 कूशका छोराहरू: सबा, हवीला, सबता, रामा अनि सबत्का थिए। रामाको छोराहरू शबा अनि ददान थिए। 10 कूशका छोरा, निम्रोद थिए जो पृथ्वीमा पहिलो साहसी योद्धा बनेका थिए। 11 मिश्रेमबाट, लूदीहरू, अनामीहरू, लहाबीहरू अनि नप्तूहीहरू, 12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) अनि कप्तोरीहरू थिए। 13 कनान सीदोनका पिता थिए। सीदोन तिनका जेठा छोरा थिए। कनान र हेत, 14 यबूसी, एमोरी, गिर्गाशी, 15 हिव्वी अरकी, सीनी, 16 अर्वादी, समारी अनि हमातीहरूका पनि पिता थिए। शेमका सन्तानहरू 17 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद अनि अराम थिए। अरामका छोराहरू: ऊज, हूल, गेतेर मेशेक थिए। 18 अर्पक्षद शेलहका पिता थिए। शेलह एबेरका पिता थिए। 19 एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योक्तान थियो। 20 (योक्तान, अल्मोदाद, शेलेप, हसर्मावेत, येरह, 21 हदोराम, ऊजाल, दिकला, 22 एबाल, अबीमाएल, शबा, 23 ओपीर, हवीला र योबाबका यी सबै योक्तानका छोराहरू थिए।) 24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह 27 अनि अब्राम (अब्रामलाई अब्राहाम पनि भन्दछन्।) अब्राहामका परिवार 28 अब्राहामका छोराहरू: इसहाक र इश्माएल थिए। 29 यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू: केदार, अदबेल, मिब्साब, 30 मिश्मा, दूमा, मस्सा, हदद, तेमा, 31 यतूर, नापीश अनि केदमा थिए। यी इश्माएलका छोराहरू थिए। 32 कतूराका छोराहरू: कतूरा अब्राहामको उप-पत्नी थिईन। तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक अनि शूअहलाई जन्म दिइन्। योक्षानका छोराहरू शबा र ददान थिए। 33 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए। यी सबै कतूराका छोराहरू थिए। इसहाकका सन्तानहरू 34 अब्राहाम इसहाकका पिता थिए, इसहाकका छोराहरू एसाव अनि इस्राएल थिए। 35 एसावका छोराहरू: एलीपज, रूएल, यऊश, यालाम अनि कोरह थिए। 36 एलीपजका छोराहरू: तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए। 37 रूएलका छोराहरू: नहत, जेरह, शम्मा अनि मिज्जा थिए। सेइरबाट एदोमीहरू 38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए। 39 लोतानका छोराहरू: होरी र होमाम थिए। लोतानकी तिम्ना नाउँ गरेकी बहिनी थिइन्। 40 शोबालका छोराहरू: अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए। सिबोनका छोराहरू: अयीया अनि अना थिए। 41 अनाको छोरा दीशोन थिए। दीशोनका छोराहरू: हम्रान, एश्बान, यित्रान, अनि करान थिए। 42 एसेरका छोराहरू: बिल्हान, जावान अनि याकान थिए। दीशानका छोराहरू ऊज अनि अरान थिए। एदोमका राजाहरू 43 इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो। 44 जब बेलाको मृत्यु भयो जेरहाका छोरा योबाब नयाँ राजा भए। योबाब बोस्राका छोरा थिए। 45 जब योबाबको मृत्यु भयो हूशाम नयाँ राजा भए। हूशाम तेमानी देशका थिए। 46 जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो। 47 हददको मृत्यु भए पछि सम्ला नयाँ राजा भए। सम्ला मास्रेकाका थिए। 48 सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यूफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए। 49 जब शाऊलको मृत्यु भयो अकबोरका छोरा बाल-हनान नयाँ राजा भए। 50 जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मत्रेदकी छोरी थिइन्। मत्रेद मेजाहाबकी छोरी थिइन्। 51 तब हददको मृत्यु भयो। एदोमका अगुवाहरू तिम्ना, अल्या, यतेत, 52 ओहोलीबामा, एला, पीनोन, 53 कनज, तेमान, मिबसार, 54 मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International