Online Bible

- Reklamy -

भजनसंग्रह 8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 8
सङ्गीत निर्देशकको निम्ति गित्तीथ मा आधारित, दावीदको भजन।

1 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्‍चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।

2 तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्‍ला स्थापना गर्नुभएको छ।

3 जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु,

4 मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?

5 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याइदिनुभएको छ।

6 तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:

7 सबै भेडाबाख्रा र गाईगोरुहरू, र सबै जङ्गली पशुपक्षीहरू,

8 आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू।

9 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy