Online Bible

- Reklamy -

भजनसंग्रह 6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 6
सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ, दावीदको भजन।

1 हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्; न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।

2 हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु; हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।

3 मेरो प्राण गहिरो वेदनामा छ; कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?

4 हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।

5 मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्, चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?

6 मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ।

7 मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।

8 हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।

9 याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।

10 मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्; तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy