Online Bible

- Reklamy -

भजनसंग्रह 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 4
सङ्गीत निर्देशकको निम्ति तारवाद्यको साथ, दावीदको भजन।

1 हे मेरा धार्मिक परमेश्‍वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्‍टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस्।

2 हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला

3 याद राख: याहवेहले आफ्नो निम्ति विश्‍वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ; मैले पुकार गर्दा याहवेहले सुन्‍नुहुन्छ।

4 रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौँ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला

5 धार्मिकताका बलिदानहरू चढाओ, र याहवेहमाथि भरोसा राख।

6 धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?” हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!

7 तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी आनन्दले मेरो हृदय भरिदिनुभएको छ।

8 म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy