Online Bible

- Reklamy -

भजनसंग्रह 32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 32
दावीदको मस्किल।

1 धन्य हो त्यो मानिस, जसका अपराधहरू क्षमा भएका छन्; जसका पापहरू ढाकिएका छन्।

2 त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्‍न, जसको मनमा कुनै छलकपट छैन।

3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्‍किए।

4 किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्‍यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला

5 तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ, र मेरो अधर्म लुकाइ राखिनँ। मैले भनेँ, “म याहवेहको सामु मेरो अपराधहरू स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला

6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ, सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्; निश्‍चय नै उर्लेको डरलाग्दो भेलले तिनीहरूलाई छुनेछैन।

7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ; तपाईंले मलाई सङ्कष्‍टबाट रक्षा गर्नुहुन्छ; तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला

8 म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु; म तँलाई सल्‍लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।

9 घोडा वा खच्‍चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन, जसलाई रोक्न लगाम र डोकरी चाहिन्छ, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।

10 दुष्‍टहरूले धेरै कष्‍ट भोग्छन्, तर याहवेहमा भरोसा राख्नेहरूलाई उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ।

11 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ; सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy