Online Bible

- Reklamy -

भजनसंग्रह 3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 3
दावीदको भजन; आफ्नो छोरा अब्शालोमदेखि भाग्दा उनले लेखेको भजन।

1 हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्! मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्!

2 धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला

3 तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ; तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्छ।

4 म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला

5 म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।

6 मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।

7 हे याहवेह, उठ्नुहोस्; हे मेरा परमेश्‍वर, मलाई उद्धार गर्नुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्; दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्।

8 याहवेहबाट छुटकारा आउँछ, तपाईंको आशिष् तपाईंका प्रजामाथि रहोस्। सेला

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy