Online Bible

- Reklamy -

भजनसंग्रह 29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 29
दावीदको भजन।

1 हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर। याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।

2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।

3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्‍वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।

4 याहवेहको आवाज शक्तिशाली छ; याहवेहको आवाज प्रतापी छ।

5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्; याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।

6 उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।

7 याहवेहको आवाजले बिजुलीका चमकझैँ प्रहार गर्छ।

8 याहवेहको आवाजले मरुभूमिलाई हल्‍लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।

9 याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।

10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।

11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy