Online Bible

- Reklamy -

भजनसंग्रह 2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 2

1 राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्, अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?

2 याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एकजुट भएर भेला भएका छन्।

3 तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।”

4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्छ; प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।

5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,

6 “मैले मेरो राजालाई नियुक्त गरेको छु, मेरो पवित्र सियोन पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।

7 म याहवेहको उर्दी घोषणा गर्नेछु: उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।

8 मसँग माग र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।

9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्‍नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”

10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ!

11 भयसाथ याहवेहको सेवा गर, र कम्पनसाथ उहाँको आनन्द मनाओ।

12 उहाँको पुत्रलाई सम्मान गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरूको व्यवहारले विनाशमा पुर्‍याउला; किनकि उहाँको क्रोध चाँडै दन्कन्छ। धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy