Online Bible

- Reklamy -

भजनसंग्रह 150 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 150

1 याहवेहको प्रशंसा गर! परमेश्‍वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर; उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!

2 उहाँको शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!

3 तुरही फुक्दै उहाँको प्रशंसा गर; वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!

4 खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!

5 झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!

6 सास हुने हरेकले याहवेहको प्रशंसा गरून्! याहवेहको प्रशंसा गर!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy