Online Bible

- Reklamy -

भजनसंग्रह 15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 15
दावीदको भजन।

1 हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ?

2 त्यो मानिस, जसको जीवन निर्दोष छ; जसले धर्मी काम गर्छ, जसले आफ्नो हृदयबाट सत्य बोल्छ,

3 जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन;

4 जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ, तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ; जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन, र जसले आफ्नो मन बदल्दैन;

5 जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy