Online Bible

- Reklamy -

भजनसंग्रह 149 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 149

1 याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ, उहाँको प्रशंसा उहाँका विश्‍वासयोग्य जनहरूका सभामा छ।

2 इस्राएल आफ्ना सृष्‍टिकर्तामा आनन्दित होओस्; सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!

3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्; र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!

4 किनकि याहवेह आफ्ना प्रजासित प्रसन्‍न हुनुहुन्छ; उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्‍याइदिनुहुन्छ।

5 उहाँका विश्‍वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!

6 परमेश्‍वरका प्रशंसाहरू तिनीहरूका मुखमा होऊन्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्,

7 ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति, र जाति-जातिहरूलाई दण्ड दिन;

8 तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;

9 तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्— यही नै उहाँका सबै विश्‍वासयोग्य जनहरूको महिमा हो। याहवेहको प्रशंसा गर!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy