Online Bible

- Reklamy -

भजनसंग्रह 146 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 146

1 याहवेहको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!

2 म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु; म बाँचुन्जेल मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु।

3 शासकहरूमाथि भरोसा नगर; मानव-जातिमाथि, जसले बचाउन सक्दैन।

4 जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्; त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।

5 धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्‍वर हुनुहुन्छ, जसको आशा याहवेह तिनीहरूका परमेश्‍वरमा हुन्छ।

6 उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकका सृष्‍टिकर्ता हुनुहुन्छ; उहाँ सदाकाल विश्‍वासयोग्य रहनुहुन्छ।

7 उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ; र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;

8 याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ; र दबिएकाहरूलाई उठाउनुहुन्छ; याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।

9 याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ; अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।

10 याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ। हे सियोन, तेरा परमेश्‍वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ। याहवेहको प्रशंसा गर!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy