Online Bible

- Reklamy -

भजनसंग्रह 142 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 142
दावीदको मस्किल; गुफामा हुँदा उनको प्रार्थना।

1 उच्‍च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।

2 उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।

3 मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्‍नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।

4 मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन।

5 हे याहवेह, म तपाईंलाई पुकार गर्छु; म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ, अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”

6 मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।

7 मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy