Online Bible

- Reklamy -

भजनसंग्रह 14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 14
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्; असल काम गर्ने कोही पनि छैन।

2 याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ।

3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्; असल गर्ने कोही छैन; एक जना पनि छैन।

4 के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।

5 तर त्यहाँ तिनीहरू डरले काम्छन्; किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ।

6 तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।

7 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy