भजनसंग्रह 138 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 138 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। 1 हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु। 2 म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु; अनि तपाईंको अचुक प्रेम र विश्वसनीयताको निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि तपाईंले आफ्नो आदेश यति उच्च पार्नुभयो कि, यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ। 3 जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो। 4 हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्। 5 तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ। 6 याहवेह उच्चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ; तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्नुहुन्छ। 7 म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ। 8 याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ; हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.