Online Bible

- Reklamy -

भजनसंग्रह 137 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 137

1 बेबिलोनका नदीहरूको किनारमा बसेर, हामी सियोनलाई सम्झँदै रोयौँ।

2 त्यहाँका लहरे पीपलहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ,

3 किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए; हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!”

4 बिरानो देशमा हुँदा कसरी हामी याहवेहको गीत गाउन सक्छौँ?

5 हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सिप भूलोस्।

6 यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्!

7 हे याहवेह, यरूशलेमको पतन भएको दिन, एदोमीहरूले के गरे, सम्झनुहोस्। तिनीहरूले चीत्कार गरे, “त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!”

8 सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी, तैँले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ।

9 त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्‍चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy