Online Bible

- Reklamy -

भजनसंग्रह 136 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 136

1 याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

2 देवताहरूका परमेश्‍वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

4 उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्‌भुत कार्यहरू गर्नुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

5 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्‍टि गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

6 उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

7 उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

8 उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

9 उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

10 उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

11 र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

12 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हात र पराक्रमी पाखुराले तिनीहरूलाई निकालेर ल्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

13 उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

14 उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

15 उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्‍याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

17 उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

18 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

19 उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

20 उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

22 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

23 उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

24 उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

25 उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

26 स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy