Online Bible

- Reklamy -

भजनसंग्रह 133 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 133
दावीदको आरोहणको गीत।

1 परमेश्‍वरका जनहरू एक-आपसमा एकतामा बस्‍नु कति असल र आनन्दमय कुरा हुन्छ!

2 यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।

3 त्यो हेर्मोन पर्वतको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ; किनकि त्यहीँ नै याहवेहले, आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy