भजनसंग्रह 131 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 131 दावीदको आरोहणको गीत। 1 हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ। 2 तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्ट छु। 3 हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्! |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.