भजनसंग्रह 130 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 130 आरोहणको गीत। 1 हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु; 2 हे प्रभु, मेरो सोर सुन्नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्! 3 हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र? 4 तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ। 5 म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु। 6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, म प्रभुको प्रतीक्षा गर्दछु। 7 हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ। 8 उहाँ आफैँले इस्राएललाई तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.