भजनसंग्रह 13 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 13 सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। 1 हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? 2 कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने? 3 हे याहवेह, मेरा परमेश्वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्; मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु। 4 नत्रता मेरो वैरीहरूले भन्नेछ, “मैले त्यसमाथि विजय पाएको छु,” र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्। 5 तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु; मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ। 6 म याहवेहको स्तुति गाउनेछु; किनकि उहाँ मप्रति भलो हुनुहुन्छ। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.