भजनसंग्रह 128 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 128 आरोहणको गीत। 1 याहवेहको भय मान्नेहरू र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्। 2 तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्। 3 तिम्रो घरमा तिम्री पत्नी फलवन्त दाखको बोटझैँ हुनेछिन्; र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्। 4 हो, याहवेहको भय मान्ने जन यसरी नै आशिषित हुनेछ। 5 याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ। 6 तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच— इस्राएलमाथि शान्ति रहोस्! |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.