Online Bible

- Reklamy -

भजनसंग्रह 127 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 127
सोलोमनको आरोहणको गीत।

1 यदि याहवेहले नै घर बनाउनुभएन भने, बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ। याहवेहले नै सहरको रक्षा गर्नुभएन भने, पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ।

2 बिहानै उठ्नु, र अबेरसम्म जागो रहनु, अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ— किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ।

3 छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्; गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।

4 युवावस्थामा जन्मेका छोराछोरीहरू, वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।

5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा तिनीहरू लाजमा पर्नेछैनन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy