भजनसंग्रह 126 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 126 आरोहणको गीत। 1 जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो, यो त सपनाजस्तो थियो। 2 त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए; हाम्रा जिब्राहरू हर्षका गीतले भरिए। तब जाति-जातिहरूका बीच यसो भनियो, “याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।” 3 याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौँ। 4 हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ, निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्! 5 जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्। 6 जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्नका बिटाहरू बोकेर फर्कनेछन्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.