Online Bible

- Reklamy -

भजनसंग्रह 125 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 125
आरोहणको गीत।

1 याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।

2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।

3 धर्मीहरूलाई छुट्ट्याइएको देशमा, दुष्‍टहरूको राजदण्ड रहनेछैन। नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउलान्।

4 हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्; तिनीहरूलाई, जसका हृदय सोझो छन्।

5 तर खराब मार्गतिर जो फर्कन्छन्, याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ। इस्राएलमाथि शान्ति कायम रहोस्!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy