भजनसंग्रह 124 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 124 दावीदको आरोहणको गीत। 1 यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्— 2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए; 3 तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए; 4 उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो। 5 उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। 6 याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। 7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ। 8 स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.