Online Bible

- Reklamy -

भजनसंग्रह 123 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 123
आरोहणको गीत।

1 हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर, मेरा आँखाहरू म तपाईंतिर उठाउँछु।

2 जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्, जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे, त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल, हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्।

3 हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्; किनकि हामीले अति नै अवहेलना सहेका छौँ।

4 हामीले अहङ्कारीहरूबाट अति नै उपहास र घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy