Online Bible

- Reklamy -

भजनसंग्रह 122 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 122
दावीदको आरोहणको गीत।

1 जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ।

2 हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र हाम्रा खुट्टाहरू उभिएका छन्।

3 यरूशलेम एउटा सहरजस्तै, एकै ठाउँमा टम्‍म गरी मिलाएर बसालिएको छ।

4 इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्।

5 किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्; त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।

6 यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।

7 तेरा पर्खालहरूभित्र शान्ति रहोस्; र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!”

8 मेरा परिवार र मेरा मित्रहरूका खातिर म, “तिमीहरूमा शान्ति रहोस्!” भन्‍नेछु।

9 याहवेह हाम्रा परमेश्‍वरको भवनको खातिर, म तेरो भलो चिताउनेछु।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy