Online Bible

- Reklamy -

भजनसंग्रह 121 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 121
आरोहणको गीत।

1 म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु— मेरो सहायता कहाँबाट आउँछ?

2 मेरो सहायता याहवेहबाट आउँछ, जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।

3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;

4 साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।

5 याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;

6 दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।

7 याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;

8 तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy