Online Bible

- Reklamy -

भजनसंग्रह 120 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 120
आरोहणको गीत।

1 मेरो सङ्कष्‍टमा म याहवेहलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ।

2 हे याहवेह, मलाई झूटो बोल्ने ओठ र छली जिब्रोबाट बचाउनुहोस्।

3 ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहुनेछ? अनि अझ बढ्ता के गर्नुहोला?

4 उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर, र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!

5 मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु; किनकि केदारका पालहरूका बीचमा बसेको छु!

6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा म बसेको धेरै समय भयो।

7 म त शान्तिप्रिय व्यक्ति हुँ; तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy