Online Bible

- Reklamy -

भजनसंग्रह 11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 11
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्‍न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ,

2 किनकि हेर, दुष्‍टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्‍नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।

3 जब जगहरू नै नष्‍ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?”

4 याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।

5 याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्‍ट, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।

6 दुष्‍टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।

7 किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy