Online Bible

- Reklamy -

भजनसंग्रह 1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


प्रथम खण्ड भजनसंग्रह 1–41 भजन 1

1 धन्य हुन् तिनीहरू, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।

2 तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।

3 तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।

4 दुष्‍टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्।

5 यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।

6 किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्‍टहरूको मार्गले विनाशमा पुर्‍याउँछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy