मलाकीको पुस्तक 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करणन्याय र करारको नवीकरण 1 “त्यो दिन निश्चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन। 2 तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ। 3 तब तिमीहरूले दुष्टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। 4 “मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ। 5 “हेर, याहवेहको त्यो महान् र डरलाग्दो दिन आउनुभन्दा अगि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु। 6 त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.