Online Bible

- Reklamy -

यर्मिया 47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


पलिश्तीको बारेमा सन्देश

1 फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:

2 याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्; तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्। त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई सहरहरू र त्यसमा बस्‍नेहरू सबैलाई डुबाउनेछ। मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्; देशमा बस्‍नेहरू सबै विलाप गर्नेछन्,

3 दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा वेगसित दगुर्ने शत्रुहरूका रथहरूका चक्‍काका गडगडाहट सुनेर आमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्; तिनीहरूका हातहरू लुला हुनेछन्।

4 किनकि सबै पलिश्तीहरूलाई नाश गर्ने दिन आएको छ, टायर र सीदोनलाई सहायता दिन सक्ने बाँचेकाहरू सबैलाई नष्‍ट गर्ने दिन आएको छ। याहवेहले कप्‍तोरका किनारमा बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्‍ट गर्न लाग्नुभएको छ।

5 गाजाले शोकमा आफ्नो कपाल खौरनेछ; अश्कलोन मौन हुनेछ। हे तराईका अवशेष हो, तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”

6 रुँदै तैँले भन्‍नेछस्, “ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्? ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा, र शान्तसँग बस्।’

7 तर यो कसरी शान्त बस्‍न सक्छ? किनकि याहवेहले यसलाई अश्कलोन र समुद्री किनारको विरोधमा आक्रमण गर्न आदेश दिनुभएको छ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy