यर्मिया 45 - पवित्र बाइबल नेपाली समकालीन संस्करणबारूकका निम्ति सन्देश 1 जब नेरियाहका छोरा बारूकले यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा यर्मियाले भनेका वचनहरू एउटा चर्मपत्रमा लेखे, तब यर्मिया अगमवक्ताले बारूकलाई यसो भने: 2 “याहवेह इस्राएलका परमेश्वरले, तिमीलाई यसो भन्नुहुन्छ, बारूक: 3 तैँले भनिस् ‘धिक्कार छ मलाई! याहवेहले मेरो दुःखमा पीडा थपिदिनुभएको छ; म सुस्केरा मार्दा-मार्दा थकित भएको छु र मलाई कतै पनि आराम छैनँ।’ ” 4 तर याहवेहले मलाई तिमीलाई यसो भन् भनेर भन्नुभएको छ, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले जे बनाएको छु, त्यो म भत्काउनेछु, मैले देशभरि जे रोपेको छु, त्यो म उखेलिदिनेछु। 5 त्यसो भए के तैँलेचाहिँ आफ्नो निम्ति महान् कुराहरू खोज्दैछस्? ती कुराहरू नखोज्। याहवेह घोषणा गर्नुहुन्छ; किनकि म सबै मानिसहरूमाथि विपत्ति ल्याउनेछु, तर तँ जहाँ गए तापनि म तँलाई लुटको मालसरह जीवितै उम्कन दिनेछु।’ ” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.