Online Bible

- Reklamy -

यशैयाको पुस्तक 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यस दिन सात जना स्त्रीहरूले एक जना मानिसलाई समात्नेछन्, र यसो भन्‍नेछन्, “हामी आफ्नै भोजन खानेछौँ; अनि आफ्ना लुगाको प्रबन्ध आफैँ गर्नेछौँ; तपाईं हाम्रो पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्!”


याहवेहको हाँगा

2 त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ।

3 सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्‍नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्।

4 प्रभुले सियोनका स्त्रीहरूको मैला धोइदिनुहुनेछ; उहाँले न्यायको आत्मा र आगोको आत्माले यरूशलेमबाट रगतका दागहरू सफा गरिदिनुहुनेछ।

5 त्यसपछि याहवेहले सियोन पर्वतमाथि र त्यहाँ भेला हुने जातिमाथि दिनमा धुवाँको बादल अनि राति बल्दो आगोको ज्योति सृष्‍टि गरिदिनुहुनेछ; त्यस सम्पूर्ण महिमामाथि एउटा मण्डप हुनेछ।

6 त्यो दिनको गर्मीबाट बच्ने आश्रय र छाया; अनि आँधी र वर्षाबाट बचाउने शरणस्थान र लुक्ने ठाउँ हुनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy