Online Bible

- Reklamy -

यशैयाको पुस्तक 18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


कूश देशको विरुद्धमा भविष्यवाणी

1 धिक्‍कार, कूशका नदीहरूका किनारमा भएको हुरुरु आवाज निकाल्नेहरूको देश,

2 जसले पानीमाथि निगालोका डुङ्गाहरूमा समुद्री बाटोद्वारा दूतहरू पठाउँछ। फूर्तिला दूतहरू, अग्ला र चिल्‍ला छाला भएका मानिसहरूकहाँ जाओ; चारैतिर डर मानिएका जातिकहाँ, अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ, जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।

3 हे संसारका सबै मानिसहरू हो, जो यस पृथ्वीमा बस्दछौ, जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ, तिमीहरूले त्यसलाई देख्नेछौ; अनि तुरही बज्दा तिमीहरूले त्यो सुन्‍नेछौ।

4 याहवेहले मलाई यसो भन्‍नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।”

5 किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ, र फूलबाट बढेर अङ्‌गुर पाकेको हुन्छ, तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ; अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ।

6 तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ र वन-पशुहरूकहाँ छोडिनेछन्; तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।

7 त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ। अग्ला र चिल्‍ला छाला भएका मानिसहरूबाट चारैतिर डर मानिएका जातिबाट, अनौठो बोली भएका आक्रमणकारी जातिबाट, जसको देशलाई नदीहरूले भाग गरेको छ। सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy