Online Bible

- Reklamy -

यशैयाको पुस्तक 15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


मोआबको विरुद्ध भविष्यवाणी

1 मोआबको बारेमा भविष्यवाणी: मोआबको आर सहर नष्‍ट पारिएको छ, त्यो एकै रातमा नाश भएको छ! मोआबको कीर सहर नष्‍ट भएको छ; त्यो एकै रातमा नाश भएको छ।

2 दीबोन त्यसको मन्दिरमा हुन्छ, त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ; मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ। प्रत्येक शिर खौरिएको छ; अनि प्रत्येक दाह्री काटिएको छ।

3 सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्; घरका कौसीहरू र सार्वजनिक चोकहरूमा तिनीहरू सबै लम्पसार परेर, रुँदै विलाप गर्छन्।

4 हेश्बोन र एलालेह चीत्कार गर्छन्; तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ। यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्; र तिनीहरूका हृदय व्याकुल भएका छन्।

5 मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ; त्यसका भगुवाहरू सोअरसम्म नै, एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्। तिनीहरू लूहीत जाने उकालो, रुँदै-रुँदै चढ्छन्; होरोनैम जाने बाटोमा तिनीहरू आफ्ना सर्वनाशको लागि विलाप गर्छन्।

6 निम्रीमका पानी सुकिगएका छन्, र घाँस ओइलाएको छ; घाँसपात छँदैछैन, र कुनै हरियो थोक छँदैछैन।

7 यसरी तिनीहरूले प्राप्‍त गरेर थुपारेका धन तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।

8 तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ; तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ; तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ।

9 दिमोनका पानी रक्ताम्मे छन्, तर म दिमोनमाथि अझ बढी ल्याउनेछु— मोआबका भगुवाहरूमाथि र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy