Online Bible

- Reklamy -

यशैयाको पुस्तक 12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


प्रशंसाका गीतहरू

1 त्यस दिन तिमीहरू भन्‍नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।

2 निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा गर्नेछु र डराउनेछैनँ। याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ; निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”

3 आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।

4 त्यस दिन तिमीहरू भन्‍नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर।

5 याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्।

6 हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy