Online Bible

- Reklamy -

होशेको पुस्तक 14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


आशिष् ल्याउनका लागि पश्‍चात्ताप

1 हे इस्राएल, याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्की। तेरा पापहरू नै तेरा पतनका कारण हुन्!

2 आफूसँग वचनहरू लिएर याहवेहतिर फर्क। उहाँलाई भन: “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्, ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ।

3 अश्शूर देशले हामीलाई बचाउन सक्दैन; हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ। हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई ‘हाम्रा देवताहरू’ भन्‍ने छैनौँ; किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।”

4 “म तिनीहरूको पथभ्रष्‍टतालाई निको पार्नेछु, र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु; किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ।

5 म इस्राएलको निम्ति शीतजस्तो बन्‍नेछु; त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;

6 त्यसका कलिला मुनाहरू बढ्नेछन्। त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, र त्यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।

7 मानिसहरू फेरि त्यसको छहारीमा बस्‍नेछन्; तिनीहरू अन्‍नझैँ लहलहाउने छन्; तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।

8 हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। म हरियो धूपी सल्‍लाको रूखझैँ छु; तेरो फल मबाट नै आउँछ।”

9 बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्। समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्। याहवेहका मार्गहरू ठिक छन्; धर्मी जनहरू त्यसैमा हिँड्छन्, तर विद्रोहीहरूले भने त्यसैमा ठक्‍कर खान्छन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy